सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल सोमबारदेखि पुन: खुलेको छ । सोमबार मौसम अनुकूल भएपछि तुम्लिङटारबाट काठमाडौँ उडान भएको हो ।
आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए।
तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।

