काठमाडौं । सिन्धुली क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशिष गजुरेल विजयी भएका छन्।
गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लेखनाथ दाहाललाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
दाहालले १४ हजार ७८० मत प्राप्त गरे।
यस्तै, नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरेकी छन्।

