काठमाडौं । सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्।
साम्पाङले कुल ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ ले २७ हजार २४९ मत प्राप्त गरिन्।
साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पछि पार्दै जित सुनिश्चित गरेका हुन्।
धरान उपमहानगरपालिका स्वतन्त्र उमेद्वारका भएर प्रमुखमा निर्वाचित हुँदै चर्चा बटुलेका साम्पाङ जेनजी आन्दोलन पछि प्रतिनिधिसभा विघटन भएपछी प्रमुखबाट राजीनामा दिई प्रनिनिधिसभा निर्वाचनमा होमिएका हुन् ।
यससँगै श्रम संस्कृति पार्टीले अन्य क्षेत्रमा पनि उपस्थिति देखाउन थालेको छ। यसअघि सोही पार्टीका आरेन राईले खोटाङ–१ बाट जित निकालेका छन्।
त्यसैगरी भोजपुर–१ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीकै ध्रुवराज राईले समेत प्रारम्भिक अग्रता लिइरहेका छन्।

