त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ।
विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो। ‘रिक्त रहेको पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हानसम्बन्धी मिति २०८०/०९/२० को सूचना रद्द गरिएको छ’, सूचनामा भनिएको छ। यो सूचना समितिको शनिवारको बैठकले रद्द गरेको जानकारी दिइएको छ। पदपूर्तिको दरखास्त आव्हानसम्बन्धी सूचना रद्द भएको कारण भने खुलाइएको छैन।
उपकुलपति पदपूर्तिका लागि निकालिएको दरखास्तसम्बन्धी सूचना पनि आफू अनुकूलका व्यक्तिलाई भर्ना सहज हुने गरी मापदण्ड बनाइएको भन्दै आलोचना भइरहेको छ। साथै पदपूर्ति समितिकै गठन र तीनका सदस्यहरू माथि पनि प्रश्न उठाइएको छ।
