२०८१ माघ २६
पाल्पा जिल्ला रामपुर १०
मुना मेमोरियल ट्रष्टको छात्रवृत्ति र सम्मान कार्यक्रम एक भव्य समारोह बिच सम्पन्न भएको छ।
ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीको सभापतित्व एबं रामपुर नगर उपप्रमुख
बालकुमारी थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जनकल्याण मा.वि.बाट २०८० को एसईई परिक्षामा सर्बोकृष्ट जिपिए प्राप्त गर्ने छात्रा सावित्री गैरेलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
नगद र सम्मान पत्र प्रदान गर्नु हुँदै प्रमुख अतिथि थापाले मन्तव्य दिनु हुँदै
मुनादिदीको नामबाट स्थापित ट्रष्टले
कल्याणकारी कार्य गरेर एका तर्फ दिदीलाई जिवन्त बनाएको छ समाजले प्रेरणा पाईरहेको छ भने अर्को तर्फ छात्रवृत्ति कार्यक्रमले
विद्यार्थीलाई प्रोत्साहन र उत्साह जगाएको छ भन्नु भयो ।
ट्रष्टका संरक्षक धनकुमारी अधिकारी,कृष्णप्रसाद अधिकारी,हरिप्रसाद अधिकारी उपस्थिति रहेको उक्त कार्यक्रममा सावित्री अधिकारीको स्वागत मन्तव्य र रानपा १० वाड सदस्य पिताम्बर ओस्ती,जनकल्याण मावि का प्रअ आनन्द भण्डारी,समाज सेवी नोलराज भण्डारी,धनकुमारी चापागाई,दुर्गादेवी भण्डारीले मूना दिदीको प्रेरणा र ट्रष्टले गरेको योगदानको चर्चा गर्दै भाव् कार्यक्रमहरु पनि समाजमुकी हुँदै जाओस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ,छात्रवृत्ति पाउने छात्र सावित्री गैरेले खुसीको मन्तव्य राखेकी थिईन।
सोही अबसरमा सिर्जना आमा समुहको तर्फबाट अध्यक्ष सावित्री अधिकारी र मुना मेमोरियल ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीद्वारा संयुक्त रुपमा नगर उप प्रमुख बालकुमारी थापा ज्यूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो अन्तमा सभापतिको आसनबाट जनार्दन अधिकारीले आजका प्रमुख अतिथि आफ्नो पदिय जिम्मेवारीमा मात्र नभई सामाजिक सेवामा अतिलनिय योगदान दिनुभएकोछ ट्रष्टको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु भन्नु भयो ।भविष्यमा ट्रष्टका कार्यहरु खेलकुँदको विकास,कला र साहित्य प्रतियोगिता गर्ने प्रतिवद्धता जनाउँदै प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुँदै औपचारिक रुपमा कार्यक्रम बिसर्जनको घोषणा गर्नु भयो
Previous Articleनेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीका लागि खुला गर्यो
Next Article पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

