मिति : २०८१।१२।३
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम महेनद्रनगरमा आइतबार सम्पन्न गरेको छ । जिल्ला इन्चार्ज क. चिन्तनको सञ्चालनमा प्रमुख अतिथि अभियान टोली नेता क. कुमुद क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको लागि पार्टीले पुनः स्थापना तथा एकता गरेको बताउनु भयो । उहाँले क्रान्तिको लागि नै हामीले बृहत कम्युनिष्स्ट पार्टी निर्माण गरेका छौं । अर्थतन्त्रमा हामी आत्मनिर्भर देश बनाउँछौं, परनिर्भरको अन्त्य गर्नुपर्छ । केपी, शेरबहादुर , प्रचण्डले राम्रो गरे राम्रो भन्नु नै पर्छ ।
त्यसैगरी क. सिपी शर्माले अहिलेको अवस्था आऊनुमा अपुरो क्रान्तिले गर्दा भएको हो । नेपालमा राजेगारी सृजना गर्न प्लटिङ्ग गर्नु बन्द गर्नुपर्छ । यो सत्त्ताले सबैतहको धन्दा चलाएको छ । यसको विकल्प हामीले दिन्छौं ।
कार्यक्रममा क. कुमुद, क. सिपी शर्मा, क. महान, क. शिखर, क. अन्जन प्रस्बल, चिन्तक, भरत ठकुल्ला, कमल रहेका थिए ।
पत्रकार भेटघाटमा पत्रकारहरुको उत्साहजनक सहभागि भएको थियो

