काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकाले डिपोर्ट गरेको छ। विभिन्न आपराधिक गतिविधिको आरोप लागेपछि उनी अमेरिकाको अध्यागमन र भन्सार प्रवर्तन (ICE) को हिरासतमा पाँच महिना बसेका थिए।
२०८२ साउन २२ गते राति ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई ‘इमिग्रेसन जज’ को निर्णय अनुसार नेपाल डिपोर्ट गरिएको हो। सन् २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनिया पुगेकै बेला उनलाई विमानस्थलमा पक्राउ गरिएको थियो।
अमेरिकी सरकारको आदेश अनुसार उनलाई नेपाल फर्काइएको हो। नेपाल आइपुगेपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो।
ब्युरोले आवश्यक जानकारी लिने फारम भराएर उनलाई छाडेको छ। रवि लामिछानेसँग निकट मानिने थापा रास्वपालाई अमेरिकामा विस्तार गर्ने प्रमुख व्यक्तिमध्ये एक हुन्। उनलाई रवि लामिछानेकै सिफारिसमा पार्टीको केन्द्रीय सदस्य बनाइएको थियो।
म्याग्दीका थापा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका थिए। उनी यसअघि पनि नक्कली लाइसेन्स र परिचयपत्र बनाएको आरोपमा दोषी ठहर भई अमेरिकामा जेल सजाय भोगिसकेका छन्।
Previous Articleकुन प्रदेशमा भैरहेको छ वर्षा, कता छ वर्षाको सम्भावना ?
Next Article गत आर्थिक बर्षमा सरकारी खर्च १५ खर्ब ८ अर्ब

