काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य र महामन्त्री गगन थापाको विशेष आतिथ्यमा स्मारिका तथा जर्नल विमोचन कार्यक्रम हुने भएको छ।
विभागद्वारा प्रकाशित स्मारिका तथा जर्नलको विमोचन कार्यक्रम भाद्र ३१ गते मंगलबार दिउँसो १ बजे काठमाडौँको बत्तीसपुतलीस्थित अनमोल फुडल्याण्डमा आयोजना गरिनेछ।
नेपाली कांग्रेसकी नेतृ तथा पेशागत बुद्धिजीवी संगठनकी डा. डिला संग्रौलाले कार्यक्रमलाई सफल बनाउन सबैको सक्रिय उपस्थितिका लागि आग्रह गर्दै भन्नुभयो, “स्मारिका र जर्नल हाम्रो साझा बौद्धिक अभिव्यक्तिको दस्तावेज हो। यस विमोचन कार्यक्रममा मित्र, शुभेच्छुक तथा सरोकारवालाको सहभागिता नै हाम्रो उत्साह र प्रेरणाको आधार हुनेछ।”
आयोजक समितिले स्मारिका तथा जर्नल प्रकाशनले संगठनको गतिविधि र विचारलाई सशक्त बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

