काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले देशभरको मौसम र सडक अवस्थाबारे ताजा जानकारी लिन विभागीय प्रमुखहरूको आपत्कालीन बैठक बोलाएका छन्।
आज बिहान ११ बजे निर्धारण गरिएको उक्त बैठकमा सडक सुरक्षा, वर्षाका कारण बढ्न सक्ने जोखिम, तथा सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणका उपायबारे विस्तृत छलफल हुने मन्त्री घिसिङको सचिवालयले जनाएको छ।
बैठकमा सम्बन्धित विभागीय प्रमुखहरूबाट वर्तमान अवस्थाको प्रतिवेदन सुनी आवश्यक निर्देशनहरू प्रदान गरिने जनाइएको छ।