काठमाडौं। मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले शानदार प्रदर्शन गर्दै ६ विकेटको जित दर्ता गरेको छ।
पाँच खेलको टी–२० श्रृङ्खलामा नेपालले यो जितसँगै सिरिज १–१ को बराबरीमा ल्याएको छ।
नेपालको जितमा पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै महत्त्वपूर्ण भूमिका खेलेकी छन्। उनले ३९ बलमा सम्हालिँदै ३९ रन जोडिन्। उनका संयमित प्रहारले टोलीलाई सहज जिततर्फ डोर्याएको हो।

