काठमाडौँ। पहिरोका कारण बिहानदेखि अवरुद्ध रहेका नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालनमा आएका छन्।
धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ। यस्तै, चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
तर, पहिरो पन्छाउने र सवारीसाधनलाई पार गराउने काम अझै जारी छ। निरन्तर वर्षा भइरहेको र ढुङ्गा–माटो झर्ने क्रम रोकिएको छैन, जसका कारण जुनसुकै बेला ठूलो पहिरो खस्ने उच्च जोखिम रहेको प्रहरीले जनाएको छ। यात्रुहरूलाई अत्यन्तै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।