काठमाडौँ। नेपाल र मलेसियाको महिला टोलीबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाअन्तर्गत दोस्रो खेल शनिबार क्वालालम्पुरस्थित वायुमास ओभलमा शुरु भएको छ। नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल सुरु भएको हो ।
यसअघि बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको थियो। पाँच खेलको श्रृङ्खलामा मलेसिया १–० ले अगाडि छ।
आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरी यो श्रृङ्खला आयोजना गरिएको हो। नेपालले आजको खेल जित्दै श्रृङ्खला बराबरीमा ल्याउने लक्ष्य लिएको छ।