काठमाडौँ। धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस शनिबार बिहान पल्टिँदा ३६ जना घाइते भएका छन्।
ना ८ ख ५७०३ नम्बरको बस बिहान करिब साढे ५ बजे कपिलबस्तुको वनकसवासास्थित सडक छेउमा पल्टिएको हो।
नेपाल प्रहरीले दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्य २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।