काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल भर्ना गरिएको छ ।
आज (शनिबार) अस्वस्थ भएपछि राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
राष्ट्रपति पौडेलले आजै जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

