काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजास्थित हमास समूहलाई कठोर चेतावनी दिएका छन्। उनले हमास समूहले आफूलाई नसच्याए आफूले सिध्यउने चेतावनी दिएका हुन्।
ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको उपस्थितिमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हमास निकै हिंस्रक र खतरनाक समूह हो, तर अब उसलाई इरानको समर्थन छैन। वास्तवमा, अहिले हमाससँग कसैको पनि समर्थन बाँकी छैन।”
उनले थपे, “यस्तो अवस्थामा अब हमासले आफैंलाई सच्चाउनुपर्छ, अन्यथा समाप्त पारिनेछ।”
हाल इजरायल र हमासबीच युद्धविरामको अवस्था रहे पनि दुवै पक्षले मौका छोपी एकअर्कामाथि आक्रमण गर्ने क्रम रोकिएको छैन। दुवैले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै आएका छन्।

