काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोशी, कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार मंगलबार (आज) राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

