काठमाडौं । भाइटीका लगाउँदा लगाउँदै बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ।
बिहीबार भाइटिका लगाउँदै गर्दा एक्कासी बेहोस भएका केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको चिकित्सकले जनाएका हुन् । बुटवल अस्पताल पुर्याईएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
बुटवलस्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा एक्कासी केसी बेहोस भएको र उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएका केसीलाई हृदयाघात भएको बताइएको छ ।

