काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ। हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत थापाको बिहीबार सांझ निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिएका छन्।
वडाध्यक्ष थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिकाले शोक विज्ञप्ति जारी गरेको छ। नगरपालिकाले आज (शुक्रबार) एकदिनका लागि पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको छ।

