काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।
कुमार, विश्वक्रान्ति र देवराज लामा नामले चिनिने उनलाई काठमाडौँको कपन क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।
लामालाई यसअघि १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको अभियोगमा पक्राउ गरिएको थियो। उक्त मुद्दामा कारागार सजाय भोगिरहेका उनी २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएका थिए।
पाँचथर जिल्लामा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि उनलाई पुनः पक्राउ गरिएको प्रहरीको भनाइ छ।

