काठमाडौं । ब्राजिली विन्गर डाभिड नेरेसको दुई गोलको मद्दतमा नापोलीले बोलोग्नालाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको उपाधि जितेको छ।
साउदी अरेबियाको रियादमा सम्पन्न फाइनल खेलमा नेरेसले खेलको तेस्रो मिनेटमै गोल गर्दै नापोलीलाई अग्रता दिलाए। त्यसपछि ५७औं मिनेटमा पुनः गोल गर्दै उनले टिमको जित सुनिश्चित गरे।
नेरेसले सेमिफाइनलमा एसी मिलानविरुद्धको जितमा पनि गोल गरेका थिए।
इटालियन लिग च्याम्पियन नापोलीले इटालियन सुपरकप जितेको यो तेस्रो पटक हो।
यसअघि उसले सन् १९९० र २०१४ मा यो उपाधि हात पारेको थियो।

