काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन विशेष अदालतले आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो।
अदालतको आदेशसँगै लिचिबार भ्र्ष्टाचार प्रकरणमा गुप्तामाथि थुनामै राखी विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढ्ने छ ।

