काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको हो ।
त्यस्तै, हवाइ इन्धनको पनि मूल्य घटाईएको छ । हवाइ इन्धन आन्तरिकतर्फ ६ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।
निगमद्वारा जारी विज्ञप्ति

