काठमाडौँ । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी सम्हालिरहेका उप्रेती आगामी कार्यकालका लागि अध्यक्षमा निर्बिरोध भएका हुन्।
नाडाको निर्वाचन कार्यतालिकाअनुसार हिजो पुस १७ गते बिहीबार दिउँसो १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा सो अवधिभित्र अध्यक्ष पदमा उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
बाँकी नाडाको नयाँ नेतृत्व चयनका लागि आगामी पुस २५ गते निर्वाचन कार्यक्रम छ ।

