काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरिने स्पष्ट पारेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने, “कुनै गठबन्धन भएको छैन, हुँदैन पनि।”
अन्य राजनीतिक दलहरूबीच भएका वा हुनसक्ने गठबन्धनबाट नेकपा नडराएको जनाउँदै उनले राष्ट्रियसभामा दलहरूबीच सिट बाँडफाँट भइसकेको भन्ने कुरा असत्य रहेको दाबी गरे।
“राष्ट्रियसभामा गठबन्धन भए मात्रै सिट लिने होइन, मतभार जसको जति छ, सोहीअनुसार पाउने अधिकारको कुरा हो,” उनले भने, “यद्यपि यस विषयमा अहिलेसम्म कुनै सहमति भइसकेको छैन।”

