काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने। भएको छ । मंगलबारको बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको थियो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। मंगलबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा विस्तृत छलफल भएको जानकारी गराएका थिए।
महामन्त्री गगन थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले मंगलबारको बैठकमा आ–आफ्नो धारणा राखेका थिए।
आजको बैठकमा अन्य नेताहरूले आफ्ना विचार राख्ने कार्यक्रम छ।

