काठमाण्डौ । बारा जिल्लामा बिहान करिब ३ बजे धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुबासहित तीन जना घाइते भएका छन्।
परवानीपुर गाउँपालिका–१ रहरियाडी निवासी ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एक अपरिचित व्यक्तिले घरभित्र प्रवेश गरी धारिलो हतियार प्रहार गर्दा दुुईको मृत्यु भएको हो भने अन्य घाइते भएको प्रहरीले बताएको छ ।
घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

