काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य पुन: बढाएको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
नयाँ मूल्य शनिबार मध्यरात १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य पोखरा र भैरहवाका लागि भने ब्रेक–इभन पोइन्टमै कायम गरिएको निगमले जानकारी दिएको छ।

