काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ।
धनकुमारी सुनार नेतृत्वको उक्त समूह शनिबार नेकपामा समाहित भएको हो।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा रञ्जिता श्रेेेष्लगायत नेताहरूले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन्।
समूहले शनिबार नै आहुति नेतृत्वको पार्टीबाट अलग भएको घोषणा गरेको थियो। उक्त समूह नेकपासँग ८ बुँदे सहमति गर्दै पार्टीमा समाहित भएको हो ।
नेतृत्वप्रति असहमति जनाउँदै तथा क्रान्तिको बहस सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमै सीमित भएको आरोप लगाउँदै धनकुमारी सुनारको नेतृत्वमा १३ जनाले यसअघि आहुति नेतृत्वको पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
नेकपा प्रवेश गर्नेहरू को-को हुन् ?

