काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ। परिसरका डीएसपी प्रकाश जबेगुका अनुसार सार्वजनिक शान्ति भड्काउने गतिबिधी गरेको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाइने तयारी गरिएको छ।
यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ गते रिहा भएका थिए। पछिल्लो समय निर्वाचन प्रक्रिया प्रभावित पार्न सक्ने आशङ्का गर्दै प्रशासनले पटक–पटक पक्राउ र अदालतको आदेशमा रिहा गर्ने क्रम चलिरहेको छ।
प्रसाईँको पक्राउसँगै उनको गतिविधि र सार्वजनिक शान्तिमा सम्भावित असरबारे सुरक्षा निकायले निगरानी बढाएको छ।

