विश्वराज अर्याल
भरतपुर गणेश थान, पौष २० गते जिल्ला प्याब्सन चितवनको १६ औँ अधिवेशन सम्पन्न भएको छ। जिल्ला प्याब्सन चितवनका अध्यक्ष कर्तिनिधि अर्यालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय प्याब्सन अध्यक्ष डिके ढुङ्गानाले गर्नुभएको थियो। सो कार्यक्रम दुई चरणमा भएको थियो। सो कार्यक्रममा प्याप्सन स्मारिकाको प्रमुख अतिथिको बाहुलीबाट लोकार्पण गरियो। सो स्मारिकामा निजी तथा आवासीय विद्यालय जो चितवन जिल्लाको प्याब्सनमा आबद्ध भएको विवरण सहित स्तरीय लेख तथा रचनाहरू समावेश भएका छन्। सो स्मारिकाको सम्पादकहरूमा प्रधान सम्पादक दयानिधि अर्याल सह सम्पादक भानुभक्त अर्याल रहनुभएको छ| प्याब्सन पालिका प्रमुखहरूले जिल्लामा भएका शैक्षिक समस्याको बारेमा जानकारी गराउनुभयो। प्रमुख अतिथिको शुभकामना मन्तव्यमा क्रमिक रुपमा शिक्षामा परिवर्तन भएको छ। सरकारसँग पनि वार्ता गर्दै निजी तथा आवासीय विद्यालयले नेपालको शिक्षा क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको समेत जानकारी गराउनुभयो। १६ औँ प्याब्सन चितवन जिल्ला अधिवेशनबाट आगामी ३ वर्षको कार्यकालका लागि मदनपुरीको नेतृत्वमा १६ सदस्य जिल्ला प्याब्सन कार्य समिति चयन गरेको छ |चितवन जिल्लाको प्याब्सनमा १५३ वटा निजी विद्यालयहरू समावेश भएको पाइयो। नयाँ कार्यसमितिमा चयन हुनुभएका सबै पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रमका अध्यक्षता ग्रहण गर्नुभएका कर्तिनिधि अर्यालले व्यक्त गर्नुभएको थियो।

