काठमाडौं । नेपाल प्रहरीका २५ एसपी एसएसपीको लागि बढुवामा सिफारिस भएका छन् ।
एसपीबाट एसएसपीको बढुवाको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रमेश थापा रहेका छन् ।
बढुवाको सूचिमा क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो रहेका छन् ।
यसै गरी नेपाल प्रहरीमा कार्यरत बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल पनि एसएसपीमा बढुवा सिफारिसमा परेका भाग्यमानी एसपीहरू हुन् ।

