
काठमाडौं । भारतका १५ वर्षीय बालकलाई नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरण गरी बन्धक बनाईएका बालकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट प्रहरीले उद्दार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरणको आरोपमा तीनजनालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही प्रहरीले ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, सोही ठाउँ निवासी १९ वर्षीय बिक्रम पासवान र बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपंचायत मुसहर्निया टोलका राम पुकार साहको छोरा २७ वर्षीय प्रवचन साहलाई पक्राउ समेत गरेको छ । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले
उनीहरूबाट कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, मोबाइल १ थान, धारिलो चक्कु १ थान, हथौडा १ थान र बी.आर. ०६बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको बताए ।
डिएसपी श्रेष्ठले नेपाल प्रहरीले बालकलाई उद्दार गरी परिवारको जिम्मा लगाएको बताए ।
‘पक्राउ परेकालाई अपहरण, शरीर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिएर अनुसन्धान अघि बढाईको छ ।’ डिएसपी श्रेष्ठले टपटेन खबरसित भने ।

