काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज (शुक्रबार राति १२ः०० बजे)देखि लागू हुनेगरी अन्त्य गर्ने निर्णय गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरिएको हो।
चैत १९ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन सुरु भएको थियो।

