मुकेश घिमिरे
यो कुनै अहंकारको आन्दोलन थिएन, रुपान्तरणको अभियान थियो, पुनर्गठनको अनुष्ठान थियो। धेरै साथीहरु अल्मलिएको अवस्था छ। यो समय नै संशयको शिकार भएको छ। तर भावुक भएर बस्ने छुट छैन।
हिजोसम्म गगन, विश्वको नेतृत्वको चाहनाका फोनहरु आज वैधताको प्रश्नमा प्रश्नवाचक सहित फेरिएका छन्। हिजो मात्रै गगन थापाले भन्नु भएको छ, ‘साथीहरु ढुक्क हुनुहोस्। यदि निर्वाचन आयोग र अदालत अवैध शक्तिबाट प्रभावित नभए वैध नेपाली कांग्रेस यही हुनेछ। मलाई मेरो देशको निर्वाचन आयोग र अदालतप्रति दृढ विश्वास छ।’
यही विश्वासमा नेपालका वरिष्ठ कानुनविदहरुले कानुनी समर्थन जनाउँदै एउटै स्वरमा भनेका छन, ‘गगन नेतृत्वको नेपाली कांग्रेस नै वैधानिक कांग्रेस हो।’
आज नै हामी निर्वाचन आयोग जाने छौं, छिटो नै छिनोफानो हुने छ।
र पनि हामी भावुक भएका छौं। यो कुनै अहंकारको आन्दोलन थिएन, रुपान्तरणको अभियान थियो, पुनर्गठनको अनुष्ठान थियो। धेरै साथीहरु अल्मलिएको अवस्था छ। यो समय नै संशयको शिकार भएको छ। तर भावुक भएर बस्ने छुट छैन।
कसैप्रति मनमा वैरभाव नराखी हाम्रा नेता बीपी कोइरालाले देखेको देश बनाएर आउने पुस्तालाई हस्तातरण गर्न सकिएको दिन मात्र हाम्रो सार्थकता पुरा हुनेछ। आउनुहोस् प्रण गरौं-हामी सबैका हौं, सबै हाम्रा हुन् !
विशेष महाधिवेशनमा अनुपस्थित, उत्साह र गाह्रो मनले उपस्थित सबै भावना भएका साथीहरुलाई विनम्रताका साथ यो अभियानको सदस्य बनाउनु छ। यो परिवर्तनको मुख्य हिस्सा उहाँहरुको पोल्टामा पार्नु छ। सँगै यात्रा गर्नुछ, संगठन सुदृढ बनाउनु छ, जनताको विश्वास र भरोसा जगाउनु छ। सबैभन्दा यतिबेला उत्तेजना होइन विवेकको भरपुर प्रयोग गरेर संयमता प्रदर्शन गर्नुछ। समन्वयलाई मुख्य शक्तिशाली चरित्र बनाउनु छ। यही आजको मुल कर्म हो, लोकतन्त्र बचाउने कर्तव्य समेत हो।
आशावादीताको आँखा कांग्रेसतर्फ फर्किएको छ। कांग्रेस मतदातामा जागरणको विरुवा पल्लवित भएको छ। त्यसको छहारीमा सबै अट्ने गरी त्यसलाई हुर्काएर विशाल वृक्ष बनाउनु छ। मनमा कसैप्रति वैरभाव र क्लेश नराखी आत्मविश्वासका साथ हाम्रो नेता बीपी कोइरालाले देखेको देश बनाएर आउने पुस्तालाई हस्तातरण गर्न सकिएको दिन मात्र हाम्रो सार्थकता पुरा हुनेछ। आउनुहोस प्रण गरौं ‘हामी सबैका हौं, सबै हाम्रा हुन्।’ जय नेपाल !
माघे संक्रान्तिको सबै- सबैमा शुभकामना !
घिमिरेको सामाजिक सञ्जाल फेसबुकबाट साभार

