काठमाडौँ — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।
अपराह्न ३:३० बजे हुने अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। दुवै टोलीले छ खेलबाट समान २–२ अंक मात्र जोडेको र दुवै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा आजको भिडन्त ‘प्रतिष्ठा जोगाउने मौका’ का रूपमा रहेको छ।
यसअघिका नतिजासहित सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स ले क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स इलिमिनेटर चरणका लागि छनोट भएका छन्।

