सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ७ गते बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा उक्लिएको हो।
मंगलबार (जेठ ६ गते) सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो।

