काठमाण्डौ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
काठमाडौंबाट गोकुलगंगा गाउँपालिका–४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । दुर्घटनामा सोही गाउँपालिका–५ की ३० वर्षीया कविता खड्का र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्का, गाडीचालक मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्कीको मृत्यु भएको छ।
दुर्घटना परी मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन। दुर्घटनामा सोही गाउँपालिका–४ बेतालीकी २७ वर्षीयसरस्वती कार्की, नाम नखुलेका ४ वर्षीय बालक र कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि मन्थली लगिएको छ ।

