मिति २०८२/११/१८
विश्व नेपाली साहित्य महा संघ काठमाडौ शाखाले १ अप्रिल २०२६ लाई स्वागत गरि विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ ।
विनेसाम काठमाडौ जिल्ला शाखाका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार डा.गोविन्दमान सिं कार्की ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै आजका कविता जोस्लो र दर्विलो देखें सुने गरिमामय कार्यक्रम भयो । भर्चुअल कार्यक्रमले अन्तराष्ट्रमा रहनुभएका संग पनि नजिक बनाएको छ हामीले पनि साहित्यमा क्रान्ति गर्नु पर्छ विश्वलाई नया प्रविधिमा जोडेर भन्नु भयो ।
कविता,मुक्तक,चारु,
खोरिया,आदि नया लघुत्तम विधाका कविताहरू आए उत्कृष्ठ कवि गोष्ठी भयो भन्नु हुँदै जनार्दन धड्कनको साहित्यको विकासमा सह्रानिय योगदान छ भन्नु हुँदै राष्ट्रिय भावको जोसपूर्ण इतिहास बोकेको कविता सुनाउनु भयो ।
कवि पवन बुढाथोकीको सफल उद्धघोषणबाट शुरु भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु
,,तोयानाथ सुवेदी,संगिता खरेल,कल्पना मरासिनी,गीत खनाल,द्वारिका कुईंकेल,सुधा बास्कोटा ढकाल,इन्दिरा ढकाल,संगिता ठाकुर,बिनुबाबा घिमिरे,लगायत १४ जना साहित्यकारहरूले रचना वाचन गर्नु भएको थियो ।
खोरिया प्रवर्तक,विश्व नेपाली साहित्य महासंघका काठमाडौ जिल्ला अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया अक्षर गणना ८/८/८/५ २९ अक्षरमा लेखिन्छ भने यो गद्य कविताको स्वरुप हो तर ३/२/३,३/२/३,३/२/३ को सूत्रमा लेख्यो भने यो खोरिया लोक छन्द हो भन्नु भयो । २९ अक्षरको खोरिया आफैमा पूर्ण हो तर शीर्षक दिएर धेरै खोरिया लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै खोरिया विभिन्न भाकामा गायन गरी सुनाउनु भई
प्रमुख अतिथि कार्की लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

