काठमाडौं, असार २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आएको बताएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै अघिल्लो वर्षको ३.८७ प्रतिशत आर्थिक वृद्धिदरबाट चालु वर्षमा ४.६१ प्रतिशत पुगेको उल्लेख गरेका छन्।
उहाँले आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ गइरहेको जनाउँदै, अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक बनेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौँ।”
सरकारको नेतृत्वमा रहेका ओलीले आर्थिक उन्नयनका निम्ति सरकार क्रियाशील रहेको समेत स्पष्ट पारेका छन्।

