गणतन्त्र दिवसको दिन बिहिबार तारकेश्वर–९ को शुभकामना चोकस्थित शुभकामना स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । यो संख्या तारकेश्वर नगरपालिकाभित्र आ.व. २०८१÷८२ मा एउटै स्थानमा गरिएको रक्तदान मध्येको सबैभन्दा ठूलो रक्तदान कार्यक्रम हो । त्यस्तै २९५ जनाले आँखा परिक्षण गरेका छन् भने करिव ३०० जनाले दाँत परिक्षण गरेका छन् । कार्यक्रममा ४२ जनाको सुगर परिक्षण गरिएको थियो भने २०० जनाको ब्लड प्रेसर परिक्षण गरिएको शुभकामना विद्यालयका प्रिन्सिपल कुमार ढकालले जानकारी दिएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एल का २०२५र२६ नेपालका इलेक्टेट फस्ट भाइस ड्रिष्ट्रिक गर्भनर तारा भुषालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि भुषालले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ र शुभकामना स्कुलको संयुक्त प्रयासमा गरिएको कार्यक्रममा ६०० भन्दा बढिले सहभागिता जनाएका छन् । रक्तदान कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्यूजन सेन्टरले रगत संकलन कार्य गरेको थियो । आँखा, दाँत र सुगर परिक्षणका लागि गोरखकाली क्लीनिकको सहयोगमा पिपल डेन्टल होमका डा। प्रकृति गिरी, डा। राजेश साह, सिडीएस जीतबहादुर तामाङले दन्त परिक्षण गरेका थिए । दिव्यज्योती आई केयरका बि।अप्टम अनुजा ढकालले आँखा परिक्षण गरेका थिए ।
कार्यक्रममा स्थानीयबासी र विद्यालयका अभिभावकहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष सुशान्त न्यौपानेले बताएका छन् । न्यौपानेले शुभकामना स्कुलको टिमले गरेको सक्रियताप्रति सँधै सम्मान गर्ने बताए । विगतमा पनि शुभकामना स्कुलले लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भसँग जोडिएर सामुदायिक विद्यालयमा झोला वितरण कार्यक्रम सम्पन्न गरेको थियो । यस विद्यालयले हरेक वर्ष स्वास्थ्य परिक्षण तथा आँखा शिविर आफैँ गर्दै आएपनि यस वर्ष लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भसँगको सहकार्यमा सम्पन्न गरेको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन विद्यालय आफैंले गरेको छ ।
लायन्स क्लव शुभ आरम्भले आजै कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ४ को डाँछीमा रहेको एक दृष्टिविहिन महिला छात्राबास तथा तालिम केन्द्रमा खाना खुवाउनुका साथै माक्स र प्याड वितरण गरेको छ ।

