काठमाडौं– महालक्ष्मी विकास बैंकले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । बालबालिकाहरूको भोलिको दिनहरूमा आइपर्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बैंकले बचत मै मुद्दती सरहको ब्याज दिनेगरी उक्त खाता सञ्चालनमा ल्याएको हो ।
उक्त खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम निरन्तर रूपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् ।

