काठमाडौं । अखिल(क्रान्तिकारी) रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा न ७ भुजीस्थित श्री कास्थेम मा विको प्रथम इकाइ सम्मेलन सम्पन्न भएको छ । अखिल(क्रान्तिकारी) रामेछाप जिल्ला कमिटी अध्यक्ष रोशन कार्कीको प्रमुख आतिथ्यता नेकपा माओबादी केन्द्र उमाकुण्ड गाउँ पालिका वडा न ७ भुजीका पार्टी अध्यक्ष तेजबहादुर श्रेष्ठको विशेष आतिथ्यता र अखिल(क्रान्तिकारी) रामेछापका उपाध्यक्ष सम्पदा श्रेष्ठ र जिल्ला समिती सदस्य रुमा आचार्य र जानुका खातीको आतिथ्यतामा सम्पन्न सम्मेलनले कोपिला श्रेष्ठको अध्यक्षतामा २१ सदस्यिय इकाइ कमिटी निर्वाचित गरेको छ।
कमिटिको उपाध्यक्षमा चण्डिका सुनुवार र तेज बहादुर श्रेष्ठ, सचिवमा शिशिर सुनुवार, सह सचिवमा टीका माया घताने र पारस श्रेष्ठ र कोषाध्यक्षमा ममता घताने रहेका छन् ।

