– शेयरधनी : प्रा. शत्रुघन श्रेष्ठ
कुमारी बैंक ने.रा.बेंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त गरी बित्तीय कारोबार गर्ने गरी स्थापित देशकै १५औं ठूलो वाणिज्य बैंकको रुपमा वि.सं. २०५७ चैत्र १७ गते इजाजत पत्र प्राप्त गरेका बित्तीय कारोबार सञ्चालन गर्दै आइरहेको आज २३ वर्ष पूरा गरी २४औं वर्षमा टेक्दै सबैका लागि सधैँका लागि समृद्धि र भविष्य निर्माणमा आफ्नो बैकिङ्ग बित्तीय व्यवसाय कारोबार साझेदार गर्दै सवल, सक्षम, दृढताका साथ बैंक निक्षेपकर्ता प्रति इमान्दार, विस्वाशिलो बैंकको रुपमा सञ्चालन हुँदै आइरहेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त गरेका विभिन्न ८ वटा भन्दा बढी बैंक तथा बित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति गरी देशको अग्रणी बित्तीय संस्थाको रुपमा स्थापित यस बैंकले २०८०/०८१ को असार मसान्तसम्ममा काठमााडौं उपत्यका भित्र ७४ तथा बाहिर २२८ गरी कूल आफ्नो शाखा संख्या ३०२ गरी ५० वटा एक्सटेन्शन काउण्टर नेपाल भरी ३१६ वटा ATM मेशिनहरु संचालनमा ल्याई देशको अर्थतन्त्र सवलीकरण तथा आर्थिक वृद्धिमा योगदान दिंदै आइरहेको छ । बैंकको हाल कायम चुक्ता पूजी रु. २६ अर्ब २२ करोड ५ लाख ८६ हजार पुगेको छ । बैंकले आ.ब. २०८०/०८१ मा रु. ४६ लाख ८ हजार खूद नाफा गर्न सफल भएको छ भने बैंकको प्रति शेयर आम्दानी (ई.पि.एस.) रु. ०.०२ रहेको छ ।
बैंकले आ.व. २०८०/८१ सम्ममा रु. ३ खर्ब ५० अर्ब ७५ करोड निक्षेप संकलन गरेको छ र २ खर्ब ९३ खर्ब ४१ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा (एन.पी.एल) नन् परफरमिङ्ग लोन निष्कृय कर्जा अनुपात आ.ब. २०७९/८० मा ४.९६ प्रतिशत थियो भने आ.ब. २०८०/८१ मा ५.९६ प्रतिशतले बढेको छ । यसैगरी बैंकको खुद ब्याज आम्दानीमा २.३८ प्रतिशतले संकुचन भई रु. १० अर्ब ८० करोड पुगेको छ भने संचालन खर्च रु. ५ अर्ब ८२ करोड पुगेको छ । आ.ब. २०८०/८१ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मूनाफामा १४.०१ प्रतिशतले संकुचन भई रु. ७ अर्ब ८४ करोड हुन पुगेको छ । यद्यपी, आ.व. २०७९/८० मा रु. ५१ करोड ७९ लाख खूद मुनाफा भएकोमा मुनाफामा कमी भई रु. ४६ लाख ८ हजार ७०४ पुगेको छ । कर्जा नोक्सानी व्यवस्था कर गणना गर्जाको लागि ५% प्रतिशत भन्दा बढी रहेको कारणले बैंकले कर्जा नोक्सानी व्यवस्थालाई कर प्रयोजनका लागि खर्च दावी गर्न नमिल्ने भएकोले कर खर्च समेत बढ्न गई खूद मूनाफामा आ.व. २०८०/८१ मा ९९.११ प्रतिशतले कम भई रु. ४६ लाखमा सीमित हुन पुगेको छ ।
पूँजी कोष पर्याप्तता : समीक्षा अवधिको असार मसान्तसम्ममा पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) ११.४२ प्रतिशत रहेको छ ।
सरकारी राजस्वमा योगदान : बैंकले आ.ब. २०७९/८० मा नेपाल सरकारलाई रु. ४ अर्ब ८९ करोड ३१ लाख ३९ हजार ४७१ कर तिरेकोमा समीक्षा वर्ष आ.व. २०८०/८१ मा रु. ४ अर्ब ७४ केरोड १ लाख ७७ हजार ७.९१ कर तिरेको छ ।
संस्थागत सुशासन : संस्थागत सुशासन तर्फ बैंक एक दम चनाखो रहँदै आएको छ । बहुसंख्यक शेयरधनी तथा निक्षेपकर्ताहरुको बैंकमा रहेको लगानी, बचत रकमलाई एकदमै इमान्दारीताका साथ हरदम, हरबखत सुरक्षित रुपमा पहरेदार भएर लगानी, बचत रकम सुरक्षित गर्न बैंक सक्षम हुँदै आएको छ । संचालकहरुमा पनि एक आपसमा सुमधुर सम्बन्ध रही आएको छ । कही कतै बैमनस्यता रहेको छैन् कर्मचारी वर्गहरुमा पनि बैंकप्रति निष्ठावान, इमान्दार, मिहिनेती र बफादार भई कार्य गर्दै आइरहेको छ ।
सामाजिक उत्तरदायित्व : -CSR) Corporate Social Responsibility अन्तर्गत बैंकले मुख्य ६ वटा क्षेत्रहरुमा जस्तै : शिक्षा, स्वास्थ्य, सम्पदा, वातावरण, बित्तीय साक्षरता, महिला शसक्तिकरण आदि मा आ.ब. २०८०/८१ मा रु. १ करोड ५८ लाख ९८ हजार ८७२ खर्च गरेको थियो ।
कुमारी बैंकको सहायक कम्पनी -Subsidiary Company_: मिति २०७४ असोज ३१ गते देखि कारोबार सञ्चालनमा आएको कुमारी क्यापिटल लि. नारायणचौर, नागपोखारी, नक्शाल काठमाडौंमा अवस्थित रही शेयर रजिष्ट्रारको रुपमा, शेयर निष्काशन बिक्री प्रबन्धकको रुपमा कार्य गर्दै आइरहेको छ । यस कम्पनीको चुक्ता पुँजी रु. ४० करोड रहेकोमा उक्त पुँजीको १०० प्रतिशत स्वामित्व यस बैंकको रहेको छ । मिति २०८० मंसिर २६ गते देखि कारोबार सञ्चालन गर्दैै आइरहेको के.बि.एल (KBL) सेक्युरिटीज लि. गैर्हीधारा काठमाडौंमा अवस्थित छ । यस सेक्यूरिटीजको चुक्ता पुँजी रु. २० करोड रहेकोमा उक्त पुँजीको १०० प्रतिशत स्वामित्व कुमारी बैंकको रहेको छ । ३ जना संचालक र १ जना स्वतन्त्र संचालक सहित जम्मा ४ जना यस कं. को सञ्चालक समिति रहेको छ ।
विगत वर्षहरुको कुमारी बैंकको लाभांस इतिहाँस यस प्रकारको छ :–
आ.ब. बोनस (%) नगद (%)
२०६२/६३ ० ०
२०६३/६४ २०.०० १.०५
२०६४/६५ १० ०.५३
२०६५/६६ १०.५८ ०.५५
२०६६/६७ १२ १२
२०६७/६८ ८ ०.४४
२०६८/६९ ० ७
२०६९/७० १४ ०.७४
२०७०/७१ ३३ १.७४
२०७१/७२ ११ ०.५८
२०७२/७३ २१ १.१
२०७३/७४ ८.५ ०
२०७४/७५ १० ३.१५
२०७५/७६ १०.८५ ३.१५
२०७६/७७ ६ २.६७
२०७७/७८ ० ०
२०७८/७९ ० ०
२०७९/८० ० ०
बैंकले आगामी वर्षहरुमा खराब कर्जा (NPL) घटाउँदै लगी बैंकलाई सक्षम, सबल र दृढ पंक्तिको रुपमा लगी आगामी वर्षमा शेयरधनीहरुलाई राम्रो प्रतिफल दिन सक्ने गरी काम गर्दै जानोस् भन्ने मेरा शुभकामना छ, जय कुमारी बैंक, जय होस् । धन्यवाद !
Previous Articleगतलकार जुमन किरणको ‘मौन आवाज’माथि परिचर्चा।
Next Article राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

