काठमाडौँ । अनलाइन मिडिया दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै नेपाल अनलाइन पत्रकार महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ ।
महासंघको डिजिटल मिडिया विभागले २०८२ भदौ ११ गते सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र भदौ १३ गतेदेखि सूचना विभागमा कालो व्यानरसहित धर्ना दिने निर्णय गरेको हो ।
सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधनपछि साउन २० गतेदेखि अनलाइन मिडिया दर्ता र नवीकरण प्रक्रिया बन्द गरेको थियो ।
महासंघका पदाधिकारीहरूले सरकारले गरेको उक्त कदमलाई प्रेस स्वतन्त्रता विरोधी र असंवैधानिक भन्दै कडा आपत्ति जनाएका छन् ।

