लगनखेल बसपार्क नजिकै वंगलामुखी महाभारत मःमः छेउमा रहेको सेफ्स (Chef’s) होटल ट्रेनिङ सेन्टरले यस वर्षको दशैँ–तिहारलाई लक्षित गर्दै विशेष छुटसहितको आकर्षक अफर सार्वजनिक गरेको छ। होटल तालिम क्षेत्रमा लामो अनुभव बोकेको यस सेन्टरले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्दै होटल व्यवसायमा रोजगारी र उद्यमशीलताको मार्ग खोलिरहेको छ।
यो तालिम केन्द्रका सञ्चालक दिलीप कुमार महर्जन नेपालका वरिष्ठ सेक हुनुहुन्छ। उहाँले नेपालमा मात्र नभई विदेशका प्रतिष्ठित होटलहरुमा सेकको पदमा रहि लामो अनुभव बटुल्नु भएको छ। नेपालमा बढ्दो बेरोजगारीलाई मध्यनजर गर्दै युवालाई आत्मनिर्भर बनाउन र होटल व्यवसायतर्फ आकर्षित गर्न उहाँले यो तालिम केन्द्र स्थापना गर्नुभएको हो। महर्जनसँग तालिम लिएका थुप्रै सेकहरु आज देश–विदेशका चार र पाँचतारे होटलमा सफलतापूर्वक कार्यरत छन्।
महर्जनको भनाइमा, “होटल व्यवसायमा ग्राहकको सन्तुष्टि नै सबैभन्दा ठूलो उपलब्धि हो। ग्राहकलाई मनपर्ने परिकार र उत्कृष्ट सेवा दिन सक्ने क्षमता नै सफलताको कडी हो। त्यसैले होटल व्यवसायमा ज्ञानसहित व्यवहारिक अनुभव लिनु अत्यावश्यक छ।”
होटल व्यवसायको सुरुवात युरोपबाट भए पनि अहिले यसले विश्वव्यापी बजार ओगटिसकेको छ। नेपालमा पनि होटल पर्यटन क्षेत्र हरेक वर्ष तीव्र गतिमा फैलिँदै गएको छ। त्यसैले यस क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न सेफ्स होटल ट्रेनिङ सेन्टरले दशैँ–तिहारको अवसरमा निम्न विशेष छुटका अफर सार्वजनिक गरेको छः

कन्टिनेन्टल, थाई, जापानिज, इटालियन, चाइनिज र इन्डियन खाना बनाउन चाहनेका लागि ३ महिनाको तालिमको शुल्क मात्र रु. २४,००० राखिएको छ। अर्थात् मासिक रु. ८,००० मै विश्वस्तरीय परिकार सिक्न सकिनेछ।
छोटो अवधिमा कुकिङ सिक्न इच्छुकका लागि १.५ महिनाको प्याकेज रु. १५,००० मा उपलब्ध छ। यो प्याकेजमा स्ट्रीट फूड पनि निःशुल्क सिकाइनेछ।
सुशि (Sushi) वा बेकरी (Bakery) सिक्न चाहनेका लागि शुल्क रु. २२,००० मात्र हुनेछ। विशेष कुरा के भने यस प्याकेजमा ब्यारिस्टा (Barista) को तालिम नि:शुल्क उपलब्ध गराइनेछ।
बार टेन्डर (Bar Tender) बन्न चाहनेले रु. १५,००० मा तालिम लिन सक्नेछन्। यसमा वेटर क्लास (Waiter Class) निःशुल्क समावेश गरिएको छ।
गृहिणीहरूको लागि पनि विशेष उपहार छ। २ हप्ते प्याकेज रु. ७,००० मा उपलब्ध हुनेछ। यस कोर्समा मटनको पुक, कोकोकोला चिकेन, काठी रोल, सेसमी चिकेन, ड्रागन फिस, गोल्डेन भुटनदेखि थकाली सेट समेत बनाउन सिकाइनेछ।
यी सबै अफरहरू दशैँ–तिहारको उपहार स्वरूप ल्याइएको हुँदा इच्छुकले तुरुन्तै नाम दर्ता गर्नुपर्नेछ।
आजको समयमा होटल व्यवसाय केवल खाना पकाउने मात्र नभई उच्चस्तरीय व्यवस्थापन, सेवाभाव र सन्तुष्टिलाई जोड्ने उद्योग बनेको छ। नेपाल जस्तो पर्यटनमा आधारित मुलुकमा यो क्षेत्रमा दक्षता हासिल गर्नु भनेको आफ्नै भविष्य सुरक्षित गर्नु हो। सेफ्स होटल ट्रेनिङ सेन्टरले दिएको यस्तो अवसरले युवाहरूलाई रोजगारसँगै उद्यमशील बन्ने बाटो खुला गर्ने निश्चित छ।
दशैँ–तिहारमा सबैले नयाँ परिकारसँगै नयाँ अवसर पाउने यो उपहारलाई तपाईंले गुमाउनु हुँदैन। लगनखेलमै रहेको सेफ्स ट्रेनिङ सेन्टरमा गएर नाम दर्ता गर्नुस्, र आफ्नो भविष्यलाई सफलताको नयाँ स्वाद दिनुस्।

