काठमाडौँ । सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ। अन्तरिम मन्त्रिपरिषद्मा सोमबार चार मन्त्रीले शपथ लिएपछि अन्तरिम मन्त्रिपरिषद्को आठ सदस्यीय पुगेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले, कांग्रेस लगायतको गठबन्धनको सरकारका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनले सोही दिन पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
भदौ ३० गते अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका थिए। सोमबार अनिलकुमार सिन्हा कानुन, उद्योग तथा भूमिसुधारमन्त्री, डा. महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डा. मदन परियार कृषिमन्त्री र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को कार्यविभाजन अनुसार परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री कार्की आफैँसित राखेकी छन्।
सिन्हा र घिसिङले तीनतीन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मन्त्रिपरिषद्को कार्यविभाजनअनुसार घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री भएका छन्। सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यसैगरी खनाल अर्थसहित सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा छन्।