काठमाडौं । एशिया कप टी–२० क्रिकेटको सुपर–४ चरणमा पाकिस्तानले श्रीलंकामाथि पाँच विकेटको सहज जित दर्ता गरेको छ।
अबुधाबीमा भएको खेलमा श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमै पाँच विकेट गुमाउँदै पूरा गर्यो। पाकिस्तानका मोहम्मद नवाज ३८ र मोहम्मद हुसेन ३२ रनसहित अविजित रहे।
श्रीलंकाका वानिन्दु हसरंगा डे सिल्भा र महेश थेक्षानाले समान दुई–दुई तथा दुष्मन्थ चमिराले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले आठ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। ओपनर कामिन्दु मेन्डिसले सर्वाधिक ५० रनको योगदान दिए। पाकिस्तानतर्फ शाहीन शाह अफ्रिदीले तीन, हरिस रउफ र मोहम्मद हुसेनले समान दुई–दुई तथा अबरार अहमदले एक विकेट लिए।
यस जितसँगै पाकिस्तान सुपर–४ को तालिकामा दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। लगातार हार खेपेको श्रीलंका भने पुछारमा छ।
सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलंका र बङ्गलादेश पुगेका छन्। आज भारत र बङ्गलादेश आमनेसामने हुँदैछन्।