काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
मंगलबार आयोजित एक विशेष कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले मोटरसाइकल (पल्सर १५० सिसी) ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीलाई प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत प्रदान गरेका हुन् ।
एसएसपी अधिकारीले स्रोतसाधनको कमीका कारण ट्राफिक व्यवस्थापनमा चुनौती खेपिरहेको बेला मोटरसाइकल सहयोगले सुरक्षात्मक र प्रभावकारी आवागमन व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा गोल्छा ग्रुपका पदाधिकारी, प्रहरीका वरिष्ठ अधिकारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति थियो।