काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा सिफारिस गरिएको छ।
हिजो (आइतबार) बसेको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौरलाई पहिलो वरीयतामा राख्दै एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। त्यसैगरी एआइजीको दोस्रो नम्बरमा उमाप्रसाद चतुर्वेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समितिको सिफारिसका आधारमा अब मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ।