काठमाडौं । अमेरिकाको टेनेसी राज्यमा विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनीमा विस्फोट भएको छ भने बिस्फोटमा १६ जनाको मृत्यु भएको छ।
टेनेसीको मुख्य सहर न्यासभिलबाट करिब एक घण्टा दक्षिण–पश्चिमतर्फ, हिकम्यान र हाम्फ्रिज काउन्टीको सीमामा सञ्चालित एक्युरेट इनर्जेटिक सिस्टम कम्पनीमा विष्फोट हुँदा १६ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
हम्फ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसका अनुसार विस्फोटपछि बेपत्ता कामदारहरूको कोही पनि जीवित नरहेको पत्रकार सम्मेलनमा जानकारी दिए। १५ माइल टाढासम्म महसुस गर्न सकिने गरी ठूलो विस्फोट भएको थियो।
सैनिक र विध्वंशक प्रयोजनका लागि विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनी भएकोले कोही पनि जीवित नहरहेको डेसिले बताएका छन् । विस्फोटका कारण सवारी साधन जलेर नष्ट र भवन भग्नावशेष भएको छ।
घटनाबारे एफबीआईलगायत अमेरिकी संघीय निकायहरूले अनुसन्धान गरिरहेका छन्।
कम्पनीले विज्ञप्ति जारी गर्दै विस्फोटलाई ‘दुःखद दुर्घटना’ भएको उल्लेख गरेको छ। कम्पनीले अमेरिकी युद्ध मन्त्रालय र औद्योगिक बजारका लागि उच्च स्तरका विस्फोटकहरूसमेत उत्पादनहरु गर्दै आएको थियो।

